भीम रावलको स्पष्टोक्ति : एमसीसी सम्झौता म रक्षामन्त्री हुँदा गरिएको होइन

70

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनिय च्यालेञ्ज कर्पोरेसन (एमसीसी) आफू रक्षामन्त्री हुँदा स्वीकृत गरिएको आरोप लागेपछि नेकपा (एमाले)का नेता डा.भीम रावलले खण्डन गरेका छन् ।

एक सञ्चार माध्यमले रावल रक्षामन्त्री भएकै बेला एमसीसीमा अमेरिकी कानुन लागु हुने सम्झौता भएको दाबी गर्दै समाचार लेखेपछि रावलले त्यो कुराको अस्वीकार गरेका हुन् ।

उनले उक्त ‘कुप्रचार’ एमसीसीका राष्ट्रघाती प्रावधान अनुमोदन गराउने षड्यन्त्र भएको आरोप पनि लगाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,“उत्तर– यो कुप्रचार एमसीसीका राष्ट्रघाती प्रावधानहरूलाई अनुमोदन गराउने षडयन्त्र हो । यसमा उल्लेखित सम्झौतालाई कार्यदलको प्रतिवेदनमा विरोध गरेका छौँ । म रक्षा मन्त्रालयमा छँदा स्वीकृत गरिएको होइन । मन्त्रिपरिषद्‌बाट सहमति दिइएको मलाई जानकारी छैन । कसैले छलेर गरेको भएपनि मान्य हुन सक्दैन ।”

Share This:
सम्बन्धित खबर
Loading...