माओवादी नेता बाबुराम नेपाली एमालेमा प्रवेश

92

काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–११ रिघाका बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गरेका छन् ।

लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गरेका नेपालीसँग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । जनमोर्चापछि नेकपा माओवादी हुँदै नेकपामा आवद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले, बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टीका उपमहासचिव एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्‍मा अर्याललगायतका नेताहरुले स्वागत गरेका थिए ।

सो अवसरमा एमाले प्रवेश गर्दै नेपालीले कम्युनिस्टका नाममा साना–साना झुपडीको आवश्यकता नरहेको बताउँदै अब एउटै कम्युनिस्ट पार्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...