काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म जारी रहने बताएका छन् ।
बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको विस्तारित बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
प्रचण्डका भनाइ उदृत गर्दै प्रदेश सदस्य सुदीप मल्लले भने,“एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने, राजनैतिक वातावरण बिगार्ने र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र पुनः एकपटक असफल भएको छ ।”
प्रचण्डले गठबन्धन आगामी चुनावसम्म जाने र यसको सुरुवात स्थानीय तहको निर्वाचनदेखि नै हुने बताएका छन् । उनले नेता÷कार्यकर्तालाई चुनावको तयारीमा लाग्न पनि निर्देशन दिएका छन् ।
सम्बोधनको क्रममा प्रचण्डले कर्णाली प्रदेश सरकारले एक÷दुई दिनमा पूर्णता पाउने पनि बताए । कर्णाली प्रदेश गठबन्धनका कारण हालसम्म विस्तार हुन सकेको छैन ।