देउवा–ठाकुर भेटवार्ता : एमसीसी पास गर्न प्रधानमन्त्रीले मागे सहयोग

191

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेस (एमसीसी) पारित गर्ने विषयमा सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार देउवा र ठाकुरबीच एमसीसीलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी मुलुकको हितमा भएकाले संसद्‌बाट पारित गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । जबाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकरात्मक रहेको बताए ।

सोही क्रममा प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटाले संसद्‌मा एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरे सभामुखको विकल्पसमेत खोज्न सकिने बताएका थिए ।

प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए । ठाकुर प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन् ।

अध्यक्ष ठाकुरले एमसीसीबारे सरकारले निर्णय लिनुपर्ने र त्यपछि आफ्नो भूमिका प्रष्ट हुने प्रधानमन्त्री देउवालाई जबाफ दिएका थिए ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले कांग्रेसले सभामुख सापकोटामाथि महाभियोग ल्याए आफूहरुले सघाउने बताएका छन् ।

बिहीबार रिपार्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउने पक्षमा रहेको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...