सरकारले लगेको एमसीसी प्रस्ताव सभामुखले रोकेर ‘बुलिङ’ गर्न खोजे : ओली

246

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा नै नरहेको एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।

एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले एमसीसीको सरकारले लगेको प्रस्ताव रोकेर सभामुखले बुलिङ गर्न खोजेको तर्क गरे ।

उनले सरकारले लगेको प्रस्ताव सभामुखले रोक्न नमिल्ने भन्दै सभामुखले अनाधिकृत ढंगले हैसियतभन्दा परको काम गर्न खोजेको धारणा पनि राखे । प्रस्ताव लगेपछि निर्णय गर्ने अधिकार संसद्को भएको भन्दै सरकारले गरेको सम्झौतालाई सभामुखले रोक्न नमिल्ने बताए ।

त्यस्तै, सम्बोधनका क्रममा अध्यक्ष ओलीले संविधान कानुन र आवश्यकता अनुसार निर्वाचन गर्न ध्यानकर्षण गराएपनि सरकारले नसुनेको जिकिर गरे। उनले संविधानको कार्यान्वयका लागि निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने धारणा राखे । निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने उनको भनाइ छ ।

ओलीले सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाए । उनले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै सरकार जनताको स्वास्थ्यसंग गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताए ।

त्यस्तै, अध्यक्ष ओलीले वर्तमान सरकार आएपनि मुलुकको अर्थतन्त्र धरासयी भएको र पूर्वाधार निर्माणको काम ठप्प भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...