पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगायो : ओली

296

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाएका छन् ।

बुधबार भक्तपुरको जर्मन हस्पिटालिटी पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई देशको माया र चिन्ता नभएकाले देशलाई ओरालो यात्रामा पुर्याएको बताए ।

“पाँच दलीय गठबन्धन सरकारले देशलाई ओरालो लगाएको छ । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ,” उनले भने ।

जनाताप्रति गठबन्धन सरकार अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिकसमेत डामाडोल बनाएको ओलीले बताए ।

ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताए। उनले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

“संविधानको सही कार्यन्वयन उत्तरदायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो । यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौँ,” पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने,“तर, सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।”

Share This:
सम्बन्धित खबर
Loading...