एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन : शंकर पोखरेल

237

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको बढ्दो शक्ति र लोकप्रियता रोक्न पाँच दलीय गठबन्धन बनेको आरोप लगाएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत् पोखरेलले भनेका छन्,“राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन ।”

अब हुने तीनतहको चुनावबाट गठबन्धनका दल हार्ने र आफ्नो पार्टीले जित्ने दाबी पनि उनले गरेका छन् ।

“अब हुने तीनतहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने छ र त्यसको ठाउ नयाँ जनादेशले लिने छ,” उनले भनेका छन्,“चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेन्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो ।”

अब विगतमा पार्टीले गरेका राम्रो काम र गर्न चाहेका कामको फेरिस्त बोकेर जनताका बीचमा जान उनले आफ्नो पार्टी पंक्तिलाई आह्वान पनि गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...