एमसीसीलाई लिएर दुई ‘डाक्टर’ नेताको जवारी : भट्टराईले भने– रावलको पिएचडी नक्कली त होइन ?

129

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई लिएर दुई ‘डाक्टर’ नेताबीच सामाजिक सञ्जालमा जुवारी चलेको छ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा (एमाले)का नेता डा.भीम रावलबीच आरोप प्रत्यारोप चलेको हो ।

डा.भट्टराईले आफूमाथि गलत आरोप लगाएको भन्दै डा.रावलको पिएचडी कतै नक्कली त होइन भनी आशंका गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् लेख्दै डा.भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर डा.रावलले गलत आरोप लगाएका बताए ।

उनले लेखेका छन्, “यी कण भीम रावलले पिएचडी गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन् । विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनुपर्दैन ? कि यी नक्कली पिएचडी हुन् ?”

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा.रावलले सांसद्हरुलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए । जसमा डा.बाबुराम भट्टराईले गोप्यरुपमा एमसीसी सम्झौता गराएको आरोप समेत थियो । उनले भनेका थिए, “हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौँ, बाबुरामले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो । त्यो प्रतिनिधिसभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।”

डा.भट्टराईले गोप्यरुपमा सम्झौता गरेको भन्ने डा.रावलको आरोप तथ्यसहित पुष्टि गर्न उनले चुनौती दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...