स्थानीय निर्वाचनबारे सत्ता गठबन्धन अनिर्णित, बैठक फेरि बेलुका बस्ने

238

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फेरि बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर, बैठकले ठोस निर्णय गर्न सकेन ।

थप छलफल गरी ठोस निर्णयका लागि फेरि बेलुका बैठक बस्ने भएको छ । स्थानीय तहको चुनाव मात्र नभइ तीनवटै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्ने गरी छलफल गर्दै आएका छन् ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालगायत शीर्ष नेता सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...