जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेहरु महाअपराधी, दोषीलाई कडा कारबाही गरियोस् : धनराज गुरुङ

274

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २४ लाख डोज खोप कोभिडविरुद्धको खोप हराएको बारेमा छानबिन गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जलामार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोनाविरुद्धको खोप हराएको घटना छानबिनका लागि समिति गठन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेका हुन् ।

उपसभापति गुरुङले खोप हराएको घटनामा प्रधानमन्त्री देउवाले चासो देखाउनु सकरात्मक भएको उल्लेख गर्दै जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेहरु महाअपराधी भएको पनि बताएका छन् ।

“कोभिड विरुद्धको २४ लाख डोज खोप हराएको सन्दर्भमा प्रधानमन्त्रीले चासो लिएको राम्रो हो,” उनले लेखेका छन्,“प्रधानमन्त्रीज्यू यस सन्दर्भमा छानबिन समिति गठन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् । जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरु महाअपराधी हुन् ।”

Share This:
सम्बन्धित खबर
Loading...