मन्त्री यादवलाई राज्यविरुद्धको कसुरमा कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी

118

काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा भएको नरशंहार दोहोर्‍याउने धम्की दिएको प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध एकजना पूर्वसांसद्ले जाहेरी दिएका छन् ।

संविधान सभाका तत्कालीन सदस्य रणजित कर्णले राज्य विरुद्धको कसूर गरेको अभियोगमा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन् । कर्णले हुलाकमार्फत् जाहेरी दिएका हुन् ।

उजुरीमा बहालवाला मन्त्रीको अभिव्यक्तिका कारण पछिल्लो समय हिंसात्मक गतिविधि बढेको उल्लेख गरिएको छ । मन्त्री यादवविरुद्ध राज्यविरुद्धको कसुरमा कारबाही गर्न माग गरिएको छ ।

मुलुकी अपराध संहित, २०७४ को दफा ४९ को उपदफा ४ बमोजिम ५ वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिबानाको माग गरिएको छ ।

मन्त्री यादवले माघ ५ गते रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी थिइन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नामै लिएर त्यस्तो धम्की दिएकी थिइन् ।

मन्त्री यादवको उक्त अभिव्यक्तिले दुई समुदायबीच द्वन्द्व सिर्जना भइ जातीय, क्षेत्रीय र साम्प्रादायिक दंगा फैलिइ एकतामा समेत खलल पर्नसक्ने कर्णले उजुरीमा उल्लेख गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...