काठमाडौँ । नेकपा (एमाले)का पूर्वनेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गौतमले जानकारी दिएका छन् ।
“हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।