मुलुकमा सरकार छ भन्ने अनुभूत हुन सकेन : राजेन्द्र लिङ्देन

327

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार छ भन्ने अनुभूत हुन नसकेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको कार्यपालीका न्यायपालिका र व्यवस्थापिकाको अवस्था दयनिय रहेको भन्दै मुलुकमा सरकार रहेको अनुभूत हुन नसकेको बताए । उनले निर्वाचन सार्नका लागि सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउन लागेको दाबी गरे ।

देश पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उनले बताए । उनले मुलुकलाई सही दिशा दिन युवाहरु राजनीतिमा आउनुपर्ने धारणा राखे ।

उनले राजनीतिक दलहरु सुध्रने र मुलुक बनाउने कुनै आशा नै नभएको टिप्पणी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...