हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

724

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफूलाई पुनः कोरोना संक्रमाण भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

गजुरेलले सामानिक सञ्जालमा लेखेका छन्, “पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिँ हैन तर थला चाहिँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केही पनि हुँदैन ।”

उनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसियूमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

“ओमिक्रोनको आक्रमणबाट होम आइसोलेसनमा पस्नुभएका, अस्पतालमा बस्नुभएका तथा आइसियूमा पुग्नुभएका हामी सबैलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ,” उनले भने ।

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...