उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट जरिबाना तिर्न सकिने

90

काठमाडौँ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा जरिबाना तिर्न सकिने व्यवस्था मिलाएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिबाना रकम प्रभु–पे को किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको हो ।

यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको र आजदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा ‘प्रभु–पेको किअस्क मेसिन’ उद्‌घाटन गरे । सो उद्घायटन पश्चात ७ वटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीका अनुसार ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिबाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवम् सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको बताए।

‘किअस्क’ मेसिनमा सिधैँ नगद हालेर जरिबाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गइ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भइ समयको बचत हुने जानकारी उनले दिए ।

Share This:
सम्बन्धित खबर
Loading...