सरकारलाई ओलीको प्रश्न– २४ लाख बढी खोप कसले लुकायो कि बेच्यो ?

179

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारी तथ्याङ्कमा हराएको २४ लाख खोपबारे प्रश्न उठाएका छन् ।

हालै शेरबहादुर देउवा सरकारले सार्वजनिक गरेको ६ महिनाको प्रगतिबारे पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरण गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरुले दिएको र खोप कसले बेच्यो भन्दै प्रश्न गरेका छन् ।

“कोभिड महामारीको नयाँ लहरले जनजीवन फेरि आक्रान्त हुन थालेको छ । पूर्ववर्ती सरकारले शून्यबाट सुरु गरेर ८० भन्दा बढी प्रयोगशाला, दर्जनौँ कोभिड अस्पताल, हजारौँ शय्या, अक्सिजन प्लान्ट, थप पूर्वाधार एवम् पर्याप्त खोपको प्रबन्ध गरेको थियो । तर, यो सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको छ,” विज्ञप्तिमा भनिएको छ, “२४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरुले नै दिइरहेका छन् । कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? एकातिर यति ठुलो मात्रामा खोप गायब पारिएको छ भने अर्कातिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौँ नागरिक खोपबाट बञ्चित छन् ।”

उनले खोप लगाउन आवश्यक सिरिञ्ज र सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...