तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुपर्छ : रामेश्वर फुयाँल

214

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले आगामी २०७९ जेठ ६ गते बिहान १० बजे नै स्थानीय तहको कुर्सीमा निर्वाचित जनप्रतिनिधिहरुले शासन गर्न पाउने व्यवस्था गर्न पाउनुपर्नेमा जोड दिए ।

नेता फुयाँलले देशमा अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेको स्पष्ट पारे । २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको स्मरण गराउँदै अब पहिलो चरणको निर्वाचनलाई कानुनी मान्यता दिने भनिएको पनि दाबी गरे ।

साक्षात्कारमा राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट परे । तर, उनले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने बताए । उनले संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने भन्दै गठबन्धन दलले चुनाव नसार्ने पनि जिकिर गरे ।

Share This:
सम्बन्धित खबर
Loading...