एमाले महसचिव पोखरेल भन्छन्– वैशाखमा स्थानीय निर्वाचन नगर्दा यी ९ असर पर्छन्

293

काठमााडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी वैशाखमा स्थानीय तहको चुनाव नगर्दा मुलुकमा ९ किसिमका असर पर्ने दाबी गरेका छन् ।

सत्ता गठबन्धनका दलहरुबीच तीनै तहका निर्वाचन एकैपटक आगामी मंसिरमा गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेको खबर सार्वजनिक भएका बेला महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन नगर्दा के–के असर पर्छ भन्ने विष्लेषण सार्वजनिक गरेका छन् ।

शंकर पोखरेलले सार्वजनिक गरेका धारणा

  • असार १० मा स्थानीय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने ।
  • आर्थिक वर्ष सकिएपछि गाउँसभा र नगरसभाको अनुमति बिना सञ्चित कोषबाट रकम खर्च गर्न नसकिने ।
  • स्थानीय सञ्चितकोषबाट सुविधा पाउने शिक्षक कर्मचारीको तलव भत्ता रोकिने ।
  • बहुवर्षीय क्रमागत विकास आयोजनाका काम रोकिन जाने ।
  • संविधानतः ६–६ महिनामा बस्ने गाउँ तथा नगरसभा बस्न नसक्ने । कुनै पनि नयाँ विकास निर्माण र सेवाप्रवाहका काम गर्न नपाइने ।
  • स्थानीय तहबाट हुने सेवा प्रवाहमा जहा गाउँ तथा नगरसभा, वडाध्यक्ष र कार्यपालिका प्रमुखको निर्णयबाट हुने सबैकाम अवरुद्ध हुने ।
  • स्थानीय निकायको निर्वाचन नहुँदा जिल्ला समन्वय समिति, राष्ट्रपति र उपराष्ट्रपतिका साथै राष्ट्रियसभाको निर्वाचनसमेत प्रभावित हुने ।
  • नेपाली विशेषताको संघीयताको मूल मर्ममाथि प्रहार हुने । पुनः केन्द्रिकृत अभ्यासतर्फ मुलुक फर्कने ।
  • सार्वभौम संसदले बनाएको कानुनको उलंघन हुने ।
Share This:
सम्बन्धित खबर
Loading...