प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नुस्

92

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।

हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन् ।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका महामन्त्री शर्माले ‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प’ भन्दै सामाजिक सञ्जालमार्फत् पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वरा पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन् ।

शर्माले तीन वटा सुझाव दिँदै मन्त्री यादवलाई राजीनामा दिन आग्रहसमेत गरेका छन् ।

शर्माले सुझाव दिँदै भनेका छन्,“स्यम् व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहकदमी र राजीनामा वा पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ ।”

यस्तै शर्माले ३ उपचारका पछिल्तिर ३ कारणसमेत औँल्याएका छन् । राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनुपर्ने उनले बताएका छन् ।

मन्त्री यादवले गत बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको ज्यान लिने धम्की दिएपछि उनको आलोचना हुँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...