रेणु यादवको खुला धम्कीमा प्रधानमन्त्रीको मौनता बिडम्बनापूर्ण : ज्ञवाली

280

काठमाडौँ । रौतहटमा अर्को गौर नरसंहार मच्चाउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई लिएर नेकपा (एमाले)ले आक्रोश व्यक्त गरिरहेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार आफ्नो भनाइ सार्वजनिक गर्दै शान्तिपूर्ण राजनीतिमा उत्रिएको दलका नेतालाई अर्को गौर नरसंहार गराएर हत्या गर्ने खुला धम्की दिनु गम्भीर आपत्तिजनक रहेको बताएका छन् ।

ज्ञवालीले यति गम्भीर विषयमा सम्बन्धित दल जनता समाजवादी पार्टी (जसपा) र गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको मौनतामा पनि प्रश्न उठाएका छन् ।

“एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’ गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ,” उनले भनेका छन्,“यति गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ। अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस् ।”

भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष डा।सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...