काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।
सत्तारुढ दलभित्र स्थानीय तह वा संसदीय निर्वाचनमध्ये कुन पहिले गर्ने भन्ने विषयमा विवाद रहेकै बेला कांग्रेस महामन्त्री थापाले निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुने बताए ।
थापाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारका हरेक निर्णय संविधानसम्मत हुनुपर्ने बताएका छन् । थापाले वर्तमान सरकार असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको भन्दै हरेक निर्णय संविधानको कसीमा सही हुनुपर्ने बताए ।
“हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन ।अतः निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ,” उनले भने, “कांग्रेस प्रष्ट छ– असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ ।”
हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ
— Gagan Thapa (@thapagk) January 20, 2022