प्रधानमन्त्रीको व्यस्तताका कारण सत्तारुढ गठबन्धको बैठक स्थगित

168

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवको व्यस्तताका कारण सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।

बिहीबार ४ बजे गठबन्धन समन्वय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको थियो ।

प्रधानमन्त्रीको कार्य व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको गठबन्धन समन्वय समितिका एक नेताले बताए ।

आजको बैठकमा स्थानीय तहको निर्वाचनभन्दा पहिले संसदीय निर्वाचनबारे छलफल हुने बताइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...