विगतको इतिहास सम्झिँदै विश्वकर्माले भने– सरकार निर्वाचनको पक्षमा छ

71

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । साथै उनले आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्न पनि उनले आग्रह गरेका छन् ।

रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै स्थानीय तहका पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले उनीहरुको कार्यावधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने पनि बताए ।

“नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा कांग्रेसले निर्वाचन सम्पन्न गरेको इतिहास छ । मुलुकमा निर्वाचन हुँदैन कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भएपनि निर्वाचन गराएको इतिहास छ । मुलुक कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निष्पक्ष भएको छ ।”

उनले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनका लागि चिन्तित रहेको सुनाए । उनले अहिले प्रधानमन्त्री देउवाले निर्वाचन ऐन पल्टाउन थालेको उल्लेख गरे । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरेको स्मरण गराए । स्थानीय तहको चुनाव एकै चरणमा गर्ने कि विगतमा जस्तो तीन चरणमा गर्ने भन्ने पनि रहेको बताए । तर, त्यतिबेला अवस्था नै त्यस्तो भएकाले तीन चरणमा निर्वाचन गर्नुपरेको थियो भन्ने उनको भनाइ छ ।

उनले अब स्थानीय तहको एकै चरणमा अनि संघ र प्रदेशको पनि एकै चरणमा निर्वाचन गर्दा राम्रो हुने बताए । उनले निर्वाचन समयमै गर्ने सर्तमा संसद् खोल्नसमेत एमालेसमक्ष आग्रह गरे । एमालेले संसद् अवरोध गर्ने अनि भोलि सडकमा जाने कुरा गर्नु पनि गलत भएको विश्वकर्माको टिप्पणी छ ।

उनले सत्ता गठबन्धनमा बाहिर हल्ला फैलाइएजस्तो निर्वाचन टार्ने कुरा नभएको पनि स्पष्ट पारे । उनले समयमै निर्वाचन गराउनेका लागि सरकार उपाय खोजिरहेको सुनाए ।

Share This:
सम्बन्धित खबर
Loading...