कोभिड–१९ संक्रमितले कुन–कुन अस्पतालबाट पाउँछन् निःशुल्क उपचार ? [सूचीसहित]

255

काठमाडौँ । सरकारले कोभिड–१९ संक्रमितको उपचारका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहतमा रहेका ७८ वटा अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गरी संक्रमित बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

ती अस्पतालहरुमा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र केन्द्रका अस्पतालहरु छन् । सरकारले तोकेको अस्पताल वा आइसोलेसन सेन्टरमा निःशुल्क सेवा लिनका लागि बिरामीमा कोरोना भाइरस पुष्टि भएको हुनुपर्छ ।

त्यसरी संक्रमित भएर आइसोलेसनमा बस्न जाने वा उपचार गर्ने बिरामी सरकारले तोकेको अस्पतालमा गए उनीहरुको उपचार निःशुल्क हुनेगरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए ।

सरकारी अस्पतामा संक्रमितको चाप बढेमा निजीमा पनि निःशुल्क उपचारको व्यवस्था गरिने भएको छ । “सरकारी अस्पतालहरुले नपुग्ने अवस्था हुँदा स्वास्थ्य मन्त्रालयले अरु निजी अस्पतालहरुसँग पनि सम्झौता गरेर निःशुल्क हुने प्रबन्ध मिलाउँछ,” उनले भने,“यस्ता अस्पतालमा संक्रमितको उपचार गर्दा लागेको खर्च स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पताललाई उपलब्ध गराउने छ ।”

स्वास्थ्य मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ ।

माघको दोस्रो साता दैदिन १९ हजार ६९५ पुग्न सक्ने मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । जसमा झन्दै १० हजार बिरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ । यस्तै, अस्पताल भर्ना भएका बिरामीमध्ये ३९४ जनाको अवस्था गम्भीर हुन सक्ने बताइएको छ ।

यी हुन् निःशुल्क उपचारका लागि सरकारले तोकेका अस्पतालहरु

May be an image of text that says 'सरकार स्वास्थय तथा जनसंख्या मन्त्रालय कोभिड-१९ केयर युनिट संचालन भएका नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अस्पतालहरुको सूची (अध्यावधिक मिति: २०७६ श्रावण कर.स. स्वास्थय संस्थाको नाम Koirala Institute गते) Health Sciences, Dharan प्रदेश Biratnagar Mechi Hospital, Sankhuwasabha Hospital Hospital Udaypur Hospital Hospital Tehrathum Hospital Okhaldhunga Hospital Khotang Hospital Hospital Solukhumbu Hospital, Janakpur Birgunj Jaleswar Hospital Hospital Hospital Malangwa Hospital Balambu Hospital National Trauma Center Hospital बागमती STIDH, बागमती बागमती बागमती Maharajgunj PAHS, Service Hospital COVID Treatment Center बागमती Paropkar Children's Hospital, Maharajgunj Manmohan Cardiothoracic and Transplant Center बागमती बागमती'

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...