कोसी अस्पतालमा ४० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

298

विराटनगर । कोसी अस्पताल विराटनगरका चिकित्सकसहित ४० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी संक्रमित भएसँगै नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दासले मंगलबार बिहानसम्म ४० जनाभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार कोसी अस्पतालले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनिवार्य कोरोना परीक्षण गराइरहेको छ । परीक्षणसँगै संक्रमित हुने संख्या पनि थपिएको हो ।

सोमबार साँझसम्म अर्थोपेडिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीमा संख्यात्मक रुपमा बढी संक्रमित पाइएपछि सेवा बन्द गरिएको छ ।

कोसी अस्पतालमा ६०० जनाभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...