स्थानीय तहको निर्वाचन सार्ने सोचाइ गलत : कमल थापा

85

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । स्थानीय तहको चुनाव समयमा सम्पन्न गर्नुपर्ने थापाको भनाइ छ ।

“स्थानीय तहको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीय तह सञ्चालन गर्न चाहने सरकार र गठबन्धनको सोचाइ गलत छ,” थापाले लेखेका छन्,“प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समयमै सम्पन्न गरिनुपर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...