अब प्रचण्ड र विप्लवबाट क्रान्तिको सुरुवात हुन सक्दैन : मोहन वैद्य

255

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड र विप्लवबाट अब क्रान्तिको सुरुवात हुन नसक्ने बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमा वैद्यले पार्टी एकताका लागि विभिन्न चरणमा छलफल भएको भन्दै अब प्रचण्ड र विप्लवबाट क्रान्तिको सुरुवात हुन नसक्ने देखिएको बताएका हुन् ।

दुवै नेताले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउने कुरा गरेकाले क्रान्तिकारी धारमा विचलन आउने खतरा आफूले देखेको उनले बताए । मसालका महामन्त्री मोहनविक्रम सिंह र विप्लवमा अरुका कुरा सुन्ने प्रवृत्ति नरहेको र उनीहरुको पार्टीमा व्यक्तिवाद हावी भएको महासचिव वैद्यले बताए ।

वैद्यले अब पार्टीलाई सशक्त रुपमा क्रान्तिकारी धारका रुपमा अघि बढाउने समय आएको धारणा राखे ।

कार्यक्रममा गोपाल किराती नेतृत्वको माओवादीमा रहेका नेताहरु नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...