प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, स्थानीय तह निर्वाचनबारे छलफल

227

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । कोरोना संक्रमण भएपछि राजनीतिक भेटवार्ता स्थगित गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजदेखि भेटघाट सुरु गरेका हुन् ।

आइतबार कोरोना संक्रमणमुक्त भएपछि उनी बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए

प्रधानमन्त्रीसँगको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो स्थानीय तहको निर्वाचनको विषयमा कुराकानीमा भएको छ ।

उनीहरुबीच सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति पनि भएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...