गठबन्धनका नेताप्रति बास्कोटाको कटाक्ष : लौन, परमादेशी डाक्टर र झाँक्री बोलाइदेऊ

219

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले छिमेकी मुलुक भारत, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को एकैसाथ आलोचना गरेका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको वर्तामान गठबन्धन सरकारले भारतले नेपाली भूमि अतिक्रमण गरिरहँदा र कोरोना भाइरसको संक्रमणले आम नागरिकलाई सताइरहँदा पनि केही गर्न नसकेको आरोप एमाले नेता बास्कोटाले लगाएका हुन् ।

यसै सन्दर्भमा उनले भूमि अतिक्रमण गर्ने भारतलाई ‘पेलाहा छिमेकी’को संज्ञा दिँदै ‘सबै ठिक पार्छु’ भनेर सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवा, यसको फैसला गर्ने प्रधानन्यायाधीश जबरा, एमाले विभाजनमा संलग्न नेकपा (एकीकृत समाजवादी)की नेतृ एवम् मन्त्री झाँक्री तथा गठबन्धनमा आवद्ध माओवादी अध्यक्ष प्रचण्डविरुद्ध एकसाथ टिप्पणी गरेका हुन् ।

“पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नो खेतको क्षेत्रफल बढाउँदै लगेको र ओमिक्रोनले एक–एक गरेर घरका सबै सदस्यलाई सताउँदै गरेको थाहै नपाइॅंदो रहेछ । सबै ठिक पार्छु भन्थे त देउवा खुट्खबर नै छैन,” उनले सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका छन् । “ लौन, परमादेशी डाक्टर र झाँक्री बोलाइदेऊ । चितवनको जंगलमा पाइने पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल ।”

Share This:
सम्बन्धित खबर
Loading...