२४ घन्टामा थपिए ४६३६ संक्रमित, ४ जनाको मृत्यु

369

काठमाडौँ । नेपालमा शनिबार ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ४ सय १२ पिसिआर परीक्षणका क्रममा ३ हजार ७०३ जना र ४ हजार १४४ एन्टिजेन परीक्षणका क्रममा ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार ६ सय १७ जनाले ज्यान गुमाएका छन् ।

शनिबार थप ३५० सक्रिय संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १६ हजार ३ संक्रमित निको भएका छन् । हाल नेपालमा २१ हजार ५८४ सक्रिय संक्रमित आइसोलेसन र १२६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...