गठन भएको ५ महिनामा दुई नेताले छाडे लोसपा

169

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको ५ महिना बित्दासमेत पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।

महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तत्कालीन जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भइ यही ९ भदौमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी बैठक बस्न नसकेको हो ।

सो पार्टीको एकमात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रीय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैन । गठन भएको ५ महिनासम्म कार्यकारिणी बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् ।

३१ सदस्यीय कार्यकारिाणी समितिमा रहेका राजकुमार लेखी नेकपा (एमाले) प्रवेश गरेका छन् भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद् रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामबाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।

गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् । ३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामवाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...