काठमाडौँ । नेकपा (एमाले)का दुई गैरभौगोलिकसहित ४१ जिल्लाले नयाँ नेतृत्व पाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार एकैसाथ भर्चुअलमाध्यमबाट ६१ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए ।
जसमा इलाम, सोलुखुम्बु, सिन्धुली, बागलङ, नवलपरासी र कपिलवस्तुबाहेक अन्य ३४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
त्यसबाहेक मजदुर विशेष र पेसागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।
सर्वसम्मत हुन नसकेका जिल्लाको मतदान भएर गणना जारी रहेको एमालेले जनाएको छ । केही ठाउँमा आज मतदान हुँदै छ ।
कुन जिल्लामा को अध्यक्ष ?
प्रदेश १
झापा – दिपक कार्की
मोरङ – ऋषिकेश पोखरेल
खोटाङ – रामप्रसाद दंगाल
धनकुटा – ईन्द्रमणि पराजुली
तेह्रथुम – तेजमान कन्दङ्वा
पाँचथर – राजकुमार भण्डारी
भोजपुर – शरण राई
इलाम – महेश बस्नेत
सोलुखुम्बु – डुफकुमार बास्तोला
प्रदेश २
सप्तरी – ताराकान्त चौधरी
बागमती
धादिङ – भूमी त्रिपाठी
काभ्रेपलाञ्चोक – अशोक ब्याञ्जु
भक्तपुर – बचन देउजा
रसुवा – कर्णेल तामाङ
सिन्धुली – कुमारबहादुर कार्की
रामेछाप – आनन्दकुमार श्रेष्ठ
नुवाकोट – बद्री मैनाली
मकवानपुर – एकलाल श्रेष्ठ
काठमाडौँ – दीपक निरौला
ललितपुर – पुरुषोतम आचार्य
गण्डकी
गोरखा – प्रेम गुरुङ
तनहुँ – श्रीप्रसाद श्रेष्ठ
म्याग्दी – देवेन्द्र केसी
लमजुङ – कृष्णप्रसाद अधिकारी
बागलुङ – हिराबहादुर केसी
लुम्बिनी
पाल्पा – धनेन्द्रराज घिमिरे
गुल्मी – बालकृष्ण काउछा मगर
अर्घाखाँची – पिताम्बर भुसाल
बाँके – किस्मतकुमार कक्षपति
बर्दिया – लालबहादुर श्रेष्ठ
दाङ – हुकुमबहादुर बस्नेत
रुपन्देही – तेजेन्द्र केसी
कपिलवस्तु – डम्बरबहादुर शर्मा
नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
कर्णाली
डोल्पा – शेरबहादुर बुढा
सल्यान – गोविन्द पुन मगर
जुम्ला – शान्तिलाल महत
सुदूरपश्चिम
डडेल्धुरा – प्रकाश साउद
बैतडी – सुरेन्द्र पाल
गैरभौगोलिक जिल्ला
मजदुर विशेष – जितेन्द्र श्रेष्ठ
पेसागत विशेष – उमेश ढकाल