राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशमा समन्वय गर्न गठबन्धनले खटायो ३५ नेता, को कहाँ ?

298

काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रदेशमा समन्वय गर्न पाँच दलका ३५ जना नेतालाई खटाएको छ । गत बिहीबार सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि सातवटै प्रदेशमा पाँचै दलका प्रतिनिधिसहितको समन्वय समिति बनाएर अघि बढ्ने निर्णय गरेको थियो ।

सोहीअनुसार गठबन्धनले तत्कालका लागि राष्ट्रियसभा निर्वाचनलाई ध्यानमा राखेर समन्वय गर्न पाँचै दलका नेतालाई खटाएको हो । सातवटै प्रदेशमा पाँचै दलका एक–एक नेतालाई समन्वयको जिम्मेवारी दिइएको छ ।

प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का घनेन्द्र बस्नेत, नेकपा (माओवादी केन्द्र)का राम कार्की, जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई, नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय जनमोर्चाका हरिकान्त पौडेललाई खटाइएको छ ।

यस्तै, प्रदेश नम्बर २ मा एकीकृत समाजवादीका रामचन्द्र यादव, माओवादी केन्द्रका गणेश साह, जसपाका मृगेन्द्रसिंह यादव, कांग्रेसका रमेश रिजाल र जनमोर्चाका धर्मानन्द सुवेदीलाई समन्वयको जिम्मेवारी दिइएको छ ।

बागमती प्रदेशमा एकीकृत समाजवादीका केदार न्यौपाने, माओवादी केन्द्रका हितमान शाक्य, जसपाका गंगानारायण श्रेष्ठ, कांग्रेसका प्रकाशशरण महत र जनमोर्चाका लालबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल, एकीकृत समाजवादीका केशवलाल श्रेष्ठ, जसपाका हरिशरण आचार्य, माओवादी केन्द्रका हितराज पाण्डे र जनमोर्चाका शंकर बराललाई खटाइएको छ ।

लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीका भागवत विश्वास, जसपालका सहसराम यादव, माओवादी केन्द्रका चक्रपाणि खनाल, कांग्रेसका बालकृष्ण खाँण र जनमोर्चाका सुरेश थापा खटिएका छन् ।

यस्तै, कर्णाली प्रदेशमा कांग्रेसका जीवनबहादुर शाही, एकीकृत समाजवादीका प्रकाश ज्वाला, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका भक्तबहादुर शाह र जनमोर्चाका जनकराज शर्मालाई जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका दिलेन्द्र बडू, माओवादी केन्द्रका खगराज भट्ट, एकीकृत समाजवादीका विक्रम शाही, जनमोर्चाका नन्दराज भट्ट र जसपाका मालावति चौधरीलाई खटाइएको छ ।

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा मिलेर उम्मेदवारी दिएको छ भने नेकपा (एमाले)ले १९ वटै सिटमा एक्लै उम्मेदवार बनाएको छ । राष्ट्रियसभाका रिक्त हुन लागेको १९ सिटमा माध १२ मा निर्वाचन हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...