ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

334

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि बालकोट पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।

भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् ।

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसद्को कारबाही रोकेर अवैध रुपमा दल (नेकपा एकीकृत समाजवादी) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारबाही वैध हुनुपर्ने, सांसद्को हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन ।

सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जसअन्तर्गत देउवा बालकोटा पुगेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...