नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई नयाँ शक्तिको आग्रह

560

काठमाडौँ । नयाँ शक्ति पार्टीले नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई आग्रह गरेको छ ।

भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका थिए । लिपुलेख नेपाली भूमि हो ।

शनिबार एक प्रेस वक्तव्य जारी गर्दै नयाँ शक्तिले नेपाली भूमि अतिक्रमण गरी पूर्वाधार खडा गरेर भारतले नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामाथि नाङ्गो प्रहार गरेको आरोप लगाएका छन् ।

सबै राजनैतिक दलहरूको सहमति र आम नागरिकको चाहाना बमोजिम नेपाल सरकारले नयाँ नक्सा जारी गरेपनि हाम्रो भूमिमा भारतको उपस्तिथि रहँदै आउनु लज्जाको विषय रहेको नयाँ शक्तिले बताएको छ ।

नयाँ शक्तिका संयोजक रविकिरण हमालद्वारा जारी वक्तव्यमा सरकारलाई तत्काल उच्चस्तरमा वार्ता गरेर समस्या हल गर्न आग्रह गरिएको छ । किरणले उक्त क्षेत्रमा नेपाली सेनाको उपस्थिति रहनुपर्ने मागसमेत गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...