माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

293

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ ।

शनिबार बिहान प्रचण्डको सचिवालय हिजो (शुक्रबार) बेलुका गरेको पिसिआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । संक्रमणपछि प्रचण्ड चिकित्सकको सल्लाहमा घरमै आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ ।

“अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरी रहनुभएको र स्वास्थ्य अवस्था सामान्य छ,” सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“यो बीचमा उहाँको सम्पर्कमा रहनुभएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौँ । डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरउँदछौं।”

Share This:
सम्बन्धित खबर
Loading...