माओवादी नेता नारायणकाजीलाई कोभिड संक्रमण

137

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् ।

“पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु,” श्रेष्ठले लेखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...