विधान सम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन : विनोद चौधरी

97

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवत् रुपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् ।

महाधिवेशनका विधिसम्मत प्रक्रियाहरुमार्फत् नेतृत्व छनोटका लागि भएको निर्वाचनमा आफैँ सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उनले प्रतिक्रिया दिएका छन् ।

“महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत् रुपमा दाबी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन ?” चौधरीले भने,“आफैँ सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत् भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन ।”

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरीले केन्द्रीय सदस्य (मधेसीतर्फ) दोस्रो धेरै मत (२,२०६) प्राप्त गरी विजयी भएका थिए ।

सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभासचन्द्र यादव पराजित भएका थिए । निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...