काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद् छिमी दोर्ची लामा एमालेमा प्रवेश गरेका छन् ।
बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पहिलो संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गरेका लामासहितका माओवादी नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।
पूर्वसांसद् लामासहित माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वगत गरेका छन् ।
कार्यक्रममा ओलीले एमाले रोजेर समयमै सही निर्णय गरेकोमा धन्यवाद दिएका थिए ।