अबको चुनावमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौँ : महेन्द्र यादव

303

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । उनले अब हुने निर्वाचनमा नेकपा (एमाले)लाई एक सिट पनि जित्न नदिने दाबी गरे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“अब हुने निर्वाचनमा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौँ, र प्रतिगमनलाई पूरै परास्त गर्छौँ । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ ।”

उनले अबको चुनावपटि एमालेप्रति जनताको विश्वास खत्तम हुने पनि दाबी गरे । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम हरने पनि सहमहामन्त्री यादवको भनाइ थियो ।

उनले पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको सुनाए । उनले भने,“१४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुई वटा केन्द्रीय समितिको बैठक राख्नुभयो । अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मानोनीत गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म जुनखालको आन्तरिक प्रतिस्पर्धा भएको छ । एसियाली मुलुकका लागि मात्रै होइन, संसारकै लोकतान्त्रिक देशलाई चुनौती भएको छ । तपाईंले एमालेकै महाधिवेशन हेर्नुभयो । खोलाको किनारामा केही मान्छेलाई जम्मा गरेर, पञ्च र्यालीजस्तो भयो । अन्य पार्टीको पनि हेर्नुभयो । तर, नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा भयो ।”

उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा सबैभन्दा बढी अभ्यास गराउने नेतामा गनिएको चित्रण गरे । उनले सभापति देउवाले गुटगत आधार नदेखाएको स्पष्ट पारे ।a

Share This:
सम्बन्धित खबर
Loading...