सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’बोलको गीत सार्वजनिक [भिडियो]

276

काठमाडौँ । योगेश काजीको स्वरमा रहेको गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, योगेशकै सङ्गीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजु गिरीको निर्देशन सल्लाहकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ रहेको छ ।

गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंहलगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृङ्गार छ । वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।

सञ्चारकर्मी अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उनले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...