कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

66

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुनः सरेको छ ।

कांग्रेस निर्वाचन समितिले पार्टी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन सारिएको जनाएको छ ।

आगामी पुस २७ गते जिल्ला अधिवेशन गर्ने यसअघि निर्णय गरेको कांग्रेसले १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि सारेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्ला कार्यसमितिको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबार हुने उल्लेख गरेका छन् ।

कांग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् । त्यसमध्ये सिरहा र महोत्तरीमा विवाद रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...