काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले नेकपा (माओवादी केन्द्र)को अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको टिप्पणी गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै डा.रावलले महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माअोवादी केन्द्रले कुण्ठित गरेको र यो जनवाद हुन नसक्ने उम्लेख गरे ।
चुन्न र चुनिन नपाउने कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्ट भएको उनको भनाइ छ ।
“माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो,” उनले भने,“महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन। यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो ।”
माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद' मा झारेको देखियो।महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन।यस्तो कार्यलाई 'विशिष्ट लोकतान्त्रिक अभ्यास' भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।
— Dr. Bhim Rawal (@BhimRawal179) January 5, 2022