काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत १९ रिक्त पदका लागि ९ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा चुनावका लागि ४३ उम्मेदवारबाट मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो ।
आयोगले यही पुस २५ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ ।
आउँदो फागुन २० गते नेकपा (एमाले)का ८, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)का समान ४–४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ ।
सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
४३ जना उम्मेदवार