काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेवादरहरुको मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशस्थित निर्वाच्न कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको हो ।
उक्त निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् । आयोगले यही पुस २५ गते उम्मेदावारलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ । चुनावका लागि सत्ता गठबन्धनले सझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने नेकपा (एमाले) एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदै छ ।
आगामी फागुन २० गते एमालेका ८, नेकपा (एकीकृत समाजवादी)का ४, नेकपा (माओवादी केन्द्र)का ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ ।
सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा ९ राजनीतिक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् ।