मुलुकमा राष्ट्रिय एकता आवश्यक : प्रधानमन्त्री देउवा

258

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार काठमाडौँको सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा देउवाले अहिले संघीय संरचना अवलम्बन गरेको भन्दै उनले सात प्रदेशबीच एकता आवश्यक भएको बताए ।

उनले अहिलेको मेलमिलाप भनेको सात प्रदेशबीचको एकता भएको जिकिर गरे । नेपाल संघीय राज्य सञ्चालन प्रणालीमा गएको तथा देशले समावेशी सहभागिताको मर्म आत्मासाथ गरेको उनको भनाइ छ ।

उनले संघीयताका बारेमा मानिसमा अझै पनि संशय पैदा भएकाले मुलुकुलाई एकतावद्ध गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले बिपी सङ्ग्रहालयमा रहेको बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...