काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आठवटा पार्टी र मोर्चाहरुले माइतीघरमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेको हो ।
र्यालीसहित गरिएको विरोध प्रदर्शन पछि कार्यक्रम संसद् भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणन भएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (एमाले) जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभातिगा रहेको थियो ।