भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्स २०२१ को उपाधि

350

काठमाडौँ । मिस युनिभर्स २०२१ को ताज भारतकी हरनाज सन्धुले जितेकी छन् । मिस युनिभर्सको ७०औँ संस्करण आइतबार इजरायलमा सम्पन्न भएको थियो ।

७०औँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।

सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको हो । सन् २००० मा लारा दत्तले मिस युनिभर्सको ताज जितेकी थिइन् । यस्तै, १९९४ मा सुस्मिता सेनले भारतलाई पहिलोपटक मिस युनिभर्सको उपाधि दिलाएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...