शेखर कोइरालाले प्यानलसहित गराए सभापतिमा उम्मेदवारी दर्ता

477

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा केन्द्रीय सदस्य डा.शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनका प्यानलका अन्य पदाधिकारीहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

कोइरालाको टिममा उपसभापतिको उम्मेदवार चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन् । यस्तै, महामन्त्री पदमा गगन थापा र डा.मिनेन्द्र रिजाल रहेका छन् ।

सहमहामन्त्री पदमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पछिडिएको क्षेत्रबाट बन्द्र पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र थारुबाट तेजुलाल चौधरी रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...