जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको हो : मन्त्री पौडेल

305

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएको बताएका छन् । नास्टको सहकुलपति समेत रहेका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दुरदराजमा पनि प्रविधिको पहुँच पुर्‍याउनुपर्ने बताए ।

सोमबार निरीक्षणका लागि नास्टको कार्यालयमा पुगेका मन्त्री पौडेलले आजको युग सुहाउँदो विकाशमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरुलाई प्रोत्साहन गर्ने र्यक्रम ल्याउन नास्टलाई निर्देशन दिए । उनले भन, “आजको युग विज्ञान तथा प्रविधिको युगको हो । यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ ।”

नजिकैका दुई मित्रराष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि उनीहरुको सिको गर्नुपर्ने बताए । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय राष्ट्रसँग समन्वय गरी नास्टले जनपक्षीय काम गर्नेपर्नेमा जोड दिए ।

उनले बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृद्धि विकासका समस्यामा आफू जानकार रहेको बताउँदै समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधि बिना देश समृद्धि नहुने बताइन् । उनले नास्ट काठमाडौँमा मात्र केन्द्रित नभइ ग्रामिण क्षेत्रमा पनि लैजानुपर्नेमा जोड दिइन् ।

नास्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठले ७ वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएको जानकारी दिए । उनले विज्ञान सिटीको अवधारणा अनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयमा लैजाने बताए ।

‘नागरिकसँग नास्ट’ कार्यक्रम स्थानीय तहमा चलिरहेको बताउँदै उनले परम्परागत रैथाने प्रविधिदेखि नवप्रवर्द्धन प्रविधिको क्षेत्रमा नास्टले काम गरिररहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...